काठमाण्डू, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणाली अंगीकार गरे अमेरिकाबाट नेपालीहरूको भागाभाग हुने जिकिर गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको सभामा उनले नेपाल जस्तो देशका लागि त्यस्तो व्यवस्था आवश्यक नभएको पनि उल्लेख गरेका हुन्।
‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा गयो भने अहिले नेपालीहरू अमेरिकाबाट भागाभाग हुन्छ। केही चाहिँदैन्।
कुनै पनि ठाउँ चाहिँदैन,’ अध्यक्ष नेपालले भने, ‘विभिन्न देशको राष्ट्रपति प्रणालीका समस्याहरू थाहा पाउनुभएको छैन भने एउटा गोष्ठि राख्नुस्।
म सबै विवरण नै दिन्छु। म आफैं त्यहाँ गएर सुनेको पनि छु, बुझेको पनि छु।’