कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

काठमाण्डू, सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा आज पनि बस्न लागेको हो ।

बैठकमा संसद्को हिउँदे अधिवेशन, एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले हालै जारी गरेको अध्यादेशका विषयमा छलफल चलिरहेको छ ।

बैठकले १८ माघमा सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनमा कांग्रेसको पोजिशन र एजेन्डाका बारेमा छलफल गरिरहेको छ ।

आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दा उठाउने विषयमा पनि छलफल गरेको थियो ।

यही १८ माघदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *