काठमाण्डू, साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ ।
आज नेप्से परिसूचक ०.३९ प्रतिशत अर्थात १०.४१ अंकले घटेर २ हजार ६४३.९३ विन्दूमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४४३.६० विन्दूमा खुम्चिएको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो ।
आज लघुवित्त समूह सर्वाधिक अर्थात ०.७५ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज ०.५९ प्रतिशत,हाईड्रो ०.५४,म्युचुअल फण्ड ०.४८ र अन्य समूह ०.०३ प्रतिशतले बढ्यो ।
फाइनान्स समूह आज सर्वाधिक घट्यो । यो समूह आज ४.७६ प्रतिशतले घट्यो ।
यस्तै, बैंकिङ समूह ०.८९ प्रतिशत,होटल ०.२७,लगानी ०.५०,जीवन बीमा ०.६१,उत्पादन तथा प्रशोधन १.६६,निर्जीवन बीमा ०.६७ र व्यापार समूह ०.७५ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३९ करोड ५३ लाख बढीको कारोबार भयो ।
नेपाल पुनर्बीमा कम्पनीको आज ३८ करोड ४२ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड ८७ लाख,सिन्धु विकास बैंकको २९ करोड २० लाख र सिईडिबी होल्डिङको २५ करोड ५६ लाख बढीको सेयर कारोबार भयो ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
आज उपकार लघुवित्त,माथिल्ले मैलुङ खोला जलविद्युत,कर्पोरेट डेभलपमेन्ट बैंक र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।
यस्तै आज सिक्लेस हाईड्रोपावरको सेयरमूल्य ८.६० प्रतिशत,सामुदायिक लघुवित्तको ७.३८ र मेन्छियाम हाईड्रोको सेयरमूल्य ६.७८ प्रतिशतले बढ्यो ।
यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । बोटलर्स नेपाल(बालाजु),११ प्रतिशत एनआईसी एसशया डिबेञ्चर८२८३,दोल्ती पावर र जानकी फाइनान्सको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।