संसदीय दलको बैठक अघि कांग्रेसका शीर्ष नेताहरुको बैठक सिंहदरबारमा

काठमाण्डू, नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठक सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवासहित कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरु सहभागी छन् ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामको समीक्षा, संसदमा पार्टीका सांसदहरुको प्रभावकारी उपस्थिति, समितिमा रहेका विधेयकलगायतको विषयमा छलफल हुने जनाएको छ ।

कांग्रेसले संसद अधिवेशनबारे छलफल गर्न भोलि संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक बस्नुअघि देउवाले पार्टीका पदाधिकारी र मन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् ।

संसदको हिउँदे अधिवेशन माघ १८ गते सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *