Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौं महानगरले २९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा १७४ फेल

- shuvadmin / शुक्रबार, माघ ११, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काठमाडौं महानगरपालिकाले दुई सय ९२ वटा सवारीसाधनको प्रदूषण जाँच गर्दा एक सय ७४ वटा अर्थात् ६० प्रतिशत सवारीसाधन प्रदूषण फेल भएका छन् ।

यसमध्ये पेट्रोलबाट चल्ने ७१ सवारी साधन जाँच गर्दा १४ वटा फेल भेटिए भने डिजेलबाट चल्ने दुई सय २१ वटा जाँच गर्दा एक सय ६० वटा फेल भएको कामपाले जानकारी दिएको छ ।

कामपाका सहायक प्रवक्ता धुव्रकुमार काफ्लेका अनुसार वातावरण तथा प्राकृतिक स्रोत ऐन, २०७७, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१, फोहरमैल सङ्कलन तथा ढुवानी कार्यविधि, २०८१ अनुसार सवारीसाधन जाँच गर्न थालिएको हो ।

कानुनी व्यवस्था कार्यान्वयन गर्दै सहरमा गुड्ने सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण गरिएको सहायक प्रवक्ता काफ्लेले जानकारी दिए ।

सवारीसाधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन पछिल्लो समय कामपाले सवारीसाधनको जाँच गरिरहेको छ ।

फेल भएका सवारीलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न समयावधिसहित सुझाव दिइएको छ ।

गत पुस २९ गतेदेखि थालिएको सचेतनात्मक कार्यक्रमबाट सुधारको मौका दिँदा पनि मापदण्ड पूरा नभएका सवारीलाई क्रमशः कारबाहीको दायरामा ल्याएर सञ्चालनमा रोक लगाउनेसम्मको कारबाही गर्ने तयारी छ ।

अहिलेसम्ममा कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामङ्गल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारीको परीक्षण भएको छ ।

जाँचका क्रममा फेल भेटिएका सवारीसाधनमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कूल बस, सरकारी कार्यालयले सञ्चालन गरेको बोलेरो, सामान बोक्ने ट्रकलगायत सवारी छन् ।

सवारी जाँचका लागि कामपाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा उक्त काम गरिरहेको छ ।

मापदण्डमा पेट्रोलबाट चल्ने सवारीसाधन र डिजेलबाट चल्ने सवारी साधन निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखिएको छ ।

सन् १९८० सम्म उत्पादन भएका चारपाङ्ग्रे सवारीको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाई भोल्युम) हुनुपर्छ ।

सन् १९८१ वा त्यसभन्दा पछि उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम तीन प्रतिशत हुनुपर्छ ।

तीनपाङ्ग्रेका हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारीमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत हुनुपर्छ ।

Page Views: 37
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama