पोखरा, नेपाली कांग्रेसका नगर सभासदले पोखरा महानगरपालिकामा लगाएको ताला खोलेका छन्। मेयर धनराज आचार्यसँग तीन बुँदे सहमति भएको भन्दै कांग्रेसले लगाएको ताला खोलिदिएको हो।
गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित कांग्रेसले मेयर आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएको थिए।
सोही दिन नेकपा एमाले समर्थित नगर सभासदहरुले भने महानगरको विशेष नगरसभाले पारित गरेका एजेन्डा त्यस दिनको नगरसभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्य्क्ष विष्णुप्रसाद बरालको भनाइ छ।
नेपाली कांग्रेस पोखरा महानगरका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारीअनुसार, मेयर धनराज आचार्यसँग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुबीच गएको मंसिर २३ गते बसेको विशेष नगरसभा मार्फत पारित ७ बुँदे सहमति अक्षरसस् पालना गर्ने, सम्पूर्ण वडा कार्यालय, महाशाखा, शाखालगायत खर्च केन्द्रहरुका शीर्षकान्तर र रकमान्तर हुन नसकी पूर्वाधार विकास तथा अन्य कार्य ठप्प भएको अवस्थामा महानगरको १६ औं नगरसभा मार्फत आवश्यक निर्णय गर्ने गरी चालू नगरासभा माघ ११ गते बोलाउने सहमति भएको छ।
करारका कर्मचारीलाई माघ १ गतेदेखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउनेलगायतका निर्णयहरु कार्यान्वयन गर्नमा प्रतिबद्ध रहेको बताउँछन्।