दुई महिनाकै उच्च कारोबारसहित नेप्सेमा उछाल

काठमाण्डू, साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको वृद्धि आएको छ ।

आज नेप्से परिसूचक २ प्रतिशत अर्थात ५२.३६ अंकले बढेर २ हजार ६६५.४५ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९६ प्रतिशतले बढेर ४४८.८० विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर ९ अर्ब २० करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको कारोबार दुई महिना पछिकै उच्च हो । यसअघि गत मंसिर १७ गते १० अर्ब ५४ करोड बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज ४.२४ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह १.३२ प्रतिशत,विकास बैंक २.७४, वित्त ०.८९,होटल २.७१,हाईड्रो २.१२,लगानी ३.८२,जीवन बीमा १.८९,उत्पादन तथा प्रशोधन ०.०८, लघुवित्त १.०७,म्युचुअल फण्ड ०.४९, निर्जीवन बीमा १ र व्यापार समूह २.४५ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६१ करोड ३६ लाख बढीको कारोबार भयो ।

नेपाल पुनर्बीमा कम्पनीको पनि आज ४१ करोड २९ लाख, हिमालयन रि इन्स्योरेन्सको ३१ करोड ९६ लाख,सीईडीबी होल्डिङको २९ करोड ४२ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको २५ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कर्पोरेट डेभलपमेन्ट बैंक,दोल्ती पावर र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै आज एचआईडीसीएलको सेयरमूल्य ८.४८ प्रतिशत । सुपर मादी हाईड्रोको ८.२० प्रतिशतले बढ्यो ।

यो दिन बाराही हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ८.२१ प्रतिशतले घट्यो । रिभर फल्स पावरको सेयरमूल्य पनि आज ५.६२ र विन नेपाल लघुवित्तको सेयरमूल्य २.८१ प्रतिशतले बढ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *