काठमाण्डू, अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ। मंगलबार भएको मनोनयन दर्तामा ६ जनाको उम्मेदवारी परेको हो।
उपदेश यादव, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा, विजय प्रकाश सापकोटा र विश्वमणि थापाले अध्यक्षमा उम्मेदवारी दिएका हुन्।
त्यसैगरी उपाध्यक्षमा समीर बुढाथोकी, सञ्जीव चौधरी, बिराज थापा, तुलसीराम न्यौपाने, मदन ढकाल, मीनराज ओली, देवेन्द्र शर्मा, पार्वती नेगी, पदम नेपाली, देवकी कार्की र ममता अधिकारीको उम्मेदवारी छ।
महासचिवमा भने सञ्जीव फुयाँल बन्दुक, रोशन थापामगर, रोशन खड्का, पदम काफ्ले, प्रतीक कार्की, तिर्सना हमाल, गोविन्द बानिया, श्याम रोका तथा कोषाध्यक्ष पार्वता चौलागाईँ र फुलमाया राणाको उम्मेदवारी परेको छ।
नयाँ नेतृत्वका लागि माघ १२ गते निर्वाचन हुने तालिका छ।