काङ्ग्रेस–एमालेले चाहँदैमा मात्र संविधान संशोधन हुँदैन : डा. कोइराला

विराटनगर, नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन नहुने बताएका छन् ।

विराटनगरस्थित डा. कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

संविधान संशोधनजस्तो महत्त्वपूर्ण विषयमा सबै दलबीच छलफल हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘संविधान भन्नेबित्तिकै नेपाली काङ्ग्रेस र एमाले मात्रै हुँदैन् । दुई ठूला दलले सुरु गर्ने कुरा होला तर माओवादी, मधेसवादी दलहरू, राप्रपा, रास्वपा र अन्य सबैसँग सहमति गरेर अघि जानुपर्छ ।’

संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पुर्‍याएर संशोधन गर्दिन्छौं भन्नु गलत भएको डा. कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *