बढ्यो सुनचाँदीको मूल्य

काठमाण्डू, बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

मंगलबारभन्दा बुधबार प्रतितोला ५ सय रूपैयाँ बढेको सुनको भाउ बिहीबार प्रतितोला ८ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रूपैयाँ पुगेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार प्रतितोला १ हजार ८३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला १ हजार ८४० रूपैयाँ किनबेच भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *