माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको ब्यापार बढ्यो

काठमाण्डू, माघे सङ्क्रान्ति पर्वको आगमनसँगै उपत्यकामा तरुल, सखरखण्ड र पिँडालुको ब्यापार बढ्न थालेको छ ।

काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ।

अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा वन तरुल प्रति ढाक ४५० रुपैयाँ, सिमल तरुल २५०, नीलो तरुल ४००, सखरखण्ड ४००, आकासे तरुल ५०० र घर तरुल ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरू तरुल, पिँडालु, सखरखण्ड र त्यसै गरि घ्यू, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ। यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *