सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ

काठमाण्डू, जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

पहिलो इनिङमा सस्तैमा अलआउट भएको आर्मीले दोस्रो पारीमा केही सुधारिएको प्रदर्शन गर्‍यो ।

यस इनिङमा आर्मीका लागि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । उनले १३८ बलमा १० चौका र एक छक्कासहित अविजित ८२ रनको पारी खेले ।

यस्तै, तृतराज दासले ३४, भीम सार्कीले १५ र विवेक यादवले ११ रन जोडे ।

पुलिसका लागि कुशल भुर्तेलले चार, गुलशनकुमार झाले तीन, ललित राजवंशीले दुई तथा राशिद खानले एक विकेट लिए ।

वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा पहिलो इनिङमा आर्मी क्लब ३४।४ ओभरमा १ सय २१ रनमै अलआउट भएको थियो ।

उसका लागि कुशल मल्लले २५, भीम सार्कीले २२, कप्तान विनोद भण्डारीले २१, बसिर अहमदले १२ र पवन कार्कीले अविजित ११ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

आर्मीको इनिङ ध्वस्त पार्नेक्रममा पुलिस क्लबका बायाँहाते स्पिनर ललितनारायण राजवंशीले सानदार बलिङ गरे ।

उनले १४.४ ओभरमा ४ मेडनसहित ४७ रन दिएर सर्वाधिक सात विकेट लिए ।

यस्तै, पुलिस पहिलो इनिङमा १ सय २५ रनमै अलआउट भयो । ऊ पहिलो इनिङमा ३३।१ ओभरमा १ सय २५ अलआउट भएको हो ।

योसँगै पुलिसले ४ रनको अग्रता लिएको थियो । उसका लागि गुलशन झाले ५४ बलमा तीन चौका र तीन छक्कासहित सर्वाधिक ४७ रन बनाए ।

यस्तै, अमित श्रेष्ठले १८, राशिद खानले १६, शंकर रानाले १३, दिलीप नाथ र प्रेम तामाङले १०र१० रन जोडे ।

आर्मीका लागि बलिङमा स्पिनर साहब आलमले सानदार प्रदर्शन गरे । उनले १५।१ ओभरमा एक मेडनसहित ५९ रन दिएर ८ विकेट लिए ।

यस्तै, सोमपाल कामी र पवन कार्कीको नाममा एकरएक विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *