जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल

काठमाण्डू, जय ट्रफी मेन्स एलिट कप आजदेखि सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको एलिट कपमा पहिलो दिन आज दुईवटा खेल हुँदै छन् ।

आइतबार वीरगंजमा विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा जनकपुरमा बागमती र मधेश प्रदेश प्रतिस्पर्धा गर्न लागेका हुन् । दुवै खेल बिहान ९ बजेदेखि सुरु हुने तालिका छ ।

लिग चरणको खेल दुईदिवसीय फर्म्याटमा खेलाइनेछ । चार टिमको सहभागिता रहेको यस प्रतियोगिताको शीर्ष दुईले उपाधिका लागि खेल्ने छन् ।

फाइनल खेल तीनदिवसीय फर्म्याटमा हुने क्यानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *