दक्षिण कोरिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो

एजेन्सी, दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ।

१८१ जना सवार जेजु एयरको विमान बैंककबाट गएको विमान आइतबार बिहान दुर्घटनामा परेको हो। सवार व्यक्तिमध्ये ६ जना क्रु मेम्बर हुन्।

दक्षिण कोरियाको दमकल विभागले दुर्घटनामा ६२ जनाको मृत्यु भएको जानकारी दिएको हो।

दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जनाको जीवितै उद्धार गरिएको छ। यो समाचार तयार पार्दासम्म पनि उद्धार कार्य जारी छ।

दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीको रिपोर्टअनुसार विमान धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएपछि आगलागी भएको थियो।

दुर्घटनाबारे जानकारी आउने क्रम जारी छ।

पुस १० गते बुधबार अजरबैजान एयरलाइन्सको जहाज कजाखस्तानमा दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको थियो।

बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *