काठमाण्डू, आज सुनचाँदीकै मूल्य बढेको छ। गतसाता लगातार घटेको सुनको मूल्य यो साताको पहिलो दिन नै तोलामा ११ सय रुपैयाँ बढेको हो।
सुनको मूल्य आज प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ।
गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ४८ हजार पाँचसय रुपैयाँ थियो। शुक्रबार तोलामा पाँचसय रुपैयाँ घटेको सुनको भूल्य आज ११ सय रुपैयाँ बढेको हो।
गएको बुधबार सुन तोलाको १७ सय र आइतबार दुई हजार रुपैयाँ घटेको थियो।
आज चाँदीको मूल्य पनि ३० रुपैयाँ बढेको छ। शुक्रबार तोलामा २० रुपैयाँ घटेर एक हजार सातसय ६० रुपैयाँमा झरेको चाँदीको मूल्य आज एक हजार सातसय ९० रुपैयाँमा उक्लिाएको छ।
गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
