एनपीएलको सर्वोत्कृष्ट खेलाडी बनेका दीपेन्द्रले पाए ६२ लाखको इलेक्ट्रिक कार, जनकपुरका राजवंशीले अल्ट्राभोयलेट एफ ७७ मोटरसाइकल

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल)मा उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि बनेका छन्।

प्रतियोगितामा सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका दीपेन्द्रले ओमोडा एन्ड जेइकोका तर्फबाट ओमोडा ई–५ मोडेलको गाडी पाएका हुन्। नेपाली बजारमा यो गाडीको प्रतिमूल्य ६२ लाख रुपैयाँ कायम छ।

सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्‍याउँदा उनले अलराउन्ड प्रदर्शन गर्दै नौ खेलमा २२७ रन र नौ विकेट लिए।

फाइनलमा उनको टोली सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पाँच विकेटले पराजित भएको थियो।

यस्तै, ‘इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्ट’ विपीन शर्मा बने। कर्णाली याक्सका १६ वर्षे युवा बलर विपीनले ५० हजार रुपैयाँ पुरस्कार पाए।

जनकपुरका ललितनारायण राजवंशी प्रतियोगिताको उत्कृष्ट बलर बने। उनले अल्ट्राभोयलेट एफ७७ मोडलको एउटा मोटरसाइकल प्राप्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *