धनगढी, सुदूरपश्चिम प्रदेशको विकट जिल्ला बाजुरामा आज बिहान ५.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
जगन्नाथ गाउँपालिका ५ को गोत्री केन्द्रबिन्दू बनाएर बिहान ४: १४ बजे भूकम्प गएको प्रदेश आपत्कालीन कार्यसंचालन केन्द्र धनगढीले जानकारी दिएको छ ।
केन्द्रका अनुसार भूकम्पबाट भएको क्षतिको विवरण आउन बाकी रहेको छ । प्रदेश अस्थायी राजधानी धनगढीसहित भारतसम्म भूकम्पको महसुस गरिएको छ ।