यू-१९ एसिया कपमा बंगलादेशसँग भिड्दै नेपाल, खेल जिते फाइनलमा

काडमाण्डू, मलेसियामा जारी महिला यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज बंगलादेशको सामना गर्न लागेको छ ।

सुपर चारअन्तर्गत नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार आज बिहान ११ः४५ बजेदेखि सुरु हुनेछ ।

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो ।

भारतसँग भने नेपालले वर्षाका कारण अंक बाँड्यो । समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँगसमेत वर्षाका कारण अंक बाँडेको थियो ।

नेपाल र बंगलादेशका लागि आजको खेल निकै महत्वपूर्ण यदि नेपालले बंगलादेशलाई हराउन सके फाइनलको यात्रा गर्नेछ । फाइनल खेल आइतबार हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *