आज तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो , सोमबार उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डू, आज पनि तराईं र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव पनि सामान्य छ ।सामान्यतया आज देशभरको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा भने आंशिक बदली रहनेछ । राति देशभर मौसम सफा रहने महाशाखाले जजनाएको छ ।

आइतबार पनि मौसम सफा नै रहनेछ । पुस १ गते सोमबार भने केही ठाउँमा बदली हुनेछ ।

गण्डकी, कर्णाली र सुदूर पश्चिमका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *