काठमाण्डू, नेपाल प्रिमयर लिगमा पोखरा एभेन्जर्सले दोस्रो जीत हात पारेको छ। सुपर ओभरमा विराटनगरलाई १३ रनले हराएको हो।
सुपर ओभरमा लामिछानेको बलमा रेमर रेफरले लगातार दुई छक्का एक चौकासहित १७ र आन्देश गोसले एक रन बनाएपछि पोखराले १८ रन बनायो।
जवाफी ब्याटिङमा आएको विराटनगरले ५ रन बनायो।
विराटनगरका लागि मार्टिन गप्टिलले दुई निकोलस किर्तनले दुई रन बनाए भने एक वाइडबलका कारण अतिरिक्त एक रन प्राप्त भयो।
विराटनगरले दिएको १३९ रनको लक्ष्य पोखराले पनि ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।
यसअगाडि पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो।