सुदूरपश्चिमको बलिङमा झुक्यो जनकपुर, सुदूरपश्चिमसँग ७२ रनले पराजित

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपिएल) मा जमेको टोली जनकपुर बोल्ट्सलाई सुदूरपश्चिम रोयल्सको नमिठो झट्का लागेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा जनकपुर बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।

यससँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको छ । पराजित जनकपुर दोस्रो स्थानमा झरेको छ ।

जितका लागि एक सय २४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरका सबै विकेट गुमाएर ५१ रनमा समेटिएको हो । जनकपुरले बनाएको यो जारी एनपिएलकै सबैभन्दा कम रन हो ।

जनकपुरलाई झुकाउन सुदूरपश्चिकको बलिङलाइन चुस्त बन्यो । जनकपुरका लागि जोसुवा ट्रम्पले १३ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

जनकपुरलाई सस्तो स्कोरमा समेट्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हर्मित सिंहले दुई दुई विकेट लिए ।

यस्तै नरेन साउद, स्कट कग्लेजिन र सइफ जैवले एक एक विकेट झार्नुभयो । इशान पाण्डे प्लेयर अफ दि म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरका नौ विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारीले ३३ र सईफ जैवले २१ रन बनाए ।

यस्तै इसान पाण्डेले १७ र ब्रान्डन म्याकमुलनले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए । उनले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिए ।

यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिए । हर्ष थाकरले एक विकेट झारे ।

जारी लिगका जनकपुर र सुदूरपश्चिम बलिया टोली हुन् । पाँच खेलको समाप्तिसँगै सुदुरपश्चिमले आठ अङ्क बनाएको छ । य

स्तै पहिलो खेल हारेको जनकपुरको पनि आठ अङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *