दैलेखको उच्च पहाडी क्षेत्रमा हिमपात, हिमपातसँगै छिटपुट भएको वर्षाले किसानलाई राहत

दुल्लू, दैलेखको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। दैलेख र कालिकोट सिमानासँगै जुम्ला र जाजरकोटको सिमाना क्षेत्रपर्ने पाटनमा हिमपात भएपछि उत्तरी सिमाना निकै मनमोहक देखिएको छ।

असोज महिनापछि हिउद यामको पहिलो हिमपातसँगै छिटपुट भएको वर्षाले किसानलाई राहत राहत दिएको छ भने चिसो केही बढेको छ।

दैलेख सदरमुकामदेखि देखिने महावु, बेहुली, तिनचुलेका लेकाली पाटन हिउले छोपिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *