सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

लुम्बिनीलाई जनकपुरले दियो १३७ रनको लक्ष्य

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो ।

जनकपुरका कप्तान अनिलकुमार शाहले सर्वाधिक ४५ रन बनाए भने लाहिरु मिलान्था २४, आसिफ शेख १६, हर्ष थाकर १, जिमी जिशम १, मोहम्मद मोहसिन ३, शेर मल्ल ०, हेमन्त धामी ९ रनमा आउट भएका थिए ।

शुभ कंशाकार २२ रनमा अविजित रहे । अहिलेसम्म जनकपुरले लगातार तीन जीत निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।

बलिङमा लुम्बिनीका अभिषेक गौतम ३, कप्तान रोहित पौडेल र साद विन जफर २–२ र सन्दीप जोराले एक विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *