आज पनि सुनचाँदीकै मूल्य बढ्यो

काठमाण्डू, आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज एक लाख ५० हजार चारसय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य एक लाख ५० हजार ३०० रुपैयाँ थियो।

अघिल्लो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार आठ सय ४५ रुपैयाँ थियो।

सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरावट आएको हो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *