ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपालको लगातार दोस्रो जीत, अफगानिस्तानपछि बलियो दक्षिण अफ्रिकालाई पनि हरायो

काठमाण्डू, पाकिस्तानमा जारी ब्लाइण्ड टी-२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ‌। नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो । उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए ।

पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो ।

दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *