साताको तेश्रो दिन ३३ अंकले बढ्यो सेयर बजार

काठमाण्डू, साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक ३३ दशमलव ४१ अंकले बढेर २७१६ दशमलव ६६ को विन्दूमा पुगेको छ ।

मंगलबार २११ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा सर्पोट माइक्रो फाइनान्स, यूनाइटेड आइडीआई मार्दी आरबी हाइड्रो र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *