सहकारी ठगीको आरोप लागेका रास्वापाका सभापति लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा, सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उनीमाथि पोखराको सुदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आइतबार म्याद थप्ने क्रममा थप हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएपछि थप म्यादका लागि उनलाई अदालत लगिएको थियो ।

यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

रविलाई जिल्ला अदालत कास्कीमा आइतबार पाचौं पटक उपस्थित गराएको हो ।

रविलाई म्याद थपेपछि काठमाडौं लैजाने तयारी छ । पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप रविमाथि छ ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईलाई पनि १५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

रवि र जोशीविरुद्ध चितवनको सहरा बचतको रकम अपचलन आरोपमा चितवन जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौंबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *