काठमाण्डू, पाटन उच्च अदालत परिसरमै विष सेवन गर्न लागेपछि एक महिला पक्राउ परेकी छन् ।
बुधवार पाटन उच्च अदालत परिसरमा विष सेवन गर्न लागेपछि बझाङ घर भएकी रश्मिला धामी पक्राउ परेकी हुन् ।
उनीमाथि आपराधिक लाभ ९एक्सटर्सन० कसूरको आरोप लागेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार पाटनस्थित उच्च अदालत परिसरबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीसँग उनी आमुने(सामुने भएकी थिइन् ।
प्रहरी देख्नासाथ आत्तिएर विषादीजन्य वस्तु सेवन गरेको प्रहरी स्रोतले बतायो । उनलाई उपचारका निम्ति पुल्चोकस्थित अल्का अस्पताल लगिएको थियो ।
अस्पताल लगेपछि उजुरीबारे अनुसन्धान हुने प्रहरीले जनाएको छ ।