प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा दुर्गा प्रसाईंलाई गर्योे सीआईबीको टोलीले पक्राउ

काठमाण्डू, अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । प्रसाईं भक्तपुरस्थित निवासबाट मंगलबार बिहान सीआईबीको टोलीले पक्राउ गरेको हो । प

सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

सीआईबीले साइबर ब्यरोमा बुझाउने तयारी छ। विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको सीआईबी निर्देशक दीपक थापाले जानकारी दिए ।

यस्तै उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने थापाले बताए।

‘प्रसाईँमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो,’ उनले भने, ‘हिजोको घटनापछि तत्काल नियन्त्रणमा लिनुपर्ने अवस्था आयो।’

प्रसाईँले प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ। प्रधानमन्त्रीका हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ।

विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ।

उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *