काठमाण्डू, अहिले देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।
जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
