सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

धादिङको बेनीघाटमा काठमाण्डू आउँदै गरेको ट्रक त्रिशूली नदीमा खस्यो, तीन जनाको उद्धार

काठमाण्डू, धादिङको बेनीघाट रोराङ गाउँपालिका( १० खयरघारीबाट एउटा ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ। उक्त दुर्घटनामा तीन जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ६ बजे पृथ्वी राजमार्गमा पर्ने रारोङ- १० जोगीमारास्थित हुग्दी खोला नजिकैबाट लु २ ख २५० नम्बरको ट्रक त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

नवलपरासीबाट चामल लिएर काठमाडौँतर्फ जाँदै गरको ट्रक दुर्घटनामा परेको हो। ट्रक पूरै नदीमा डुबेको छ।’ प्रहरीले भन्यो, दुर्घटनास्थलबाट चालकसहित तीन जनालाई उद्धार गरेर हामीले मझिमटारस्थित बिहानी फार्मेसीमा पुर्याएका छौँ, ।

दुर्घटनामा ट्रक चालक नवलपरासी पश्चिम घर भएकाका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापा र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङ घाइते भएका छन्।

दुर्घटनाको कारण नखुले पनि ट्रक आफैँ अनियन्त्रित भई त्रिशूली नदीमा खसेको अनुमान प्रहरीले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *