काठमाण्डू, नेपाली कांग्रेसले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको सम्मानमा मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
सोमबार आकस्मिक बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो ।
बैठकले मंसिर ४ गते केन्द्रीय कार्यालय बन्द गर्ने र १३ औं दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।
त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शव गृहमा राखिएको थियो ।