सहकारीको रकम अपचलनको अभियोग लागेका रास्वापा सभापति लामिछानेलाई पोखराबाट रुपन्देही लगिंदै

पोखरा, सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई कास्कीबाट आज ९मंगलबार० रुपन्देही लगिने भएको छ ।

पूर्व गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणलाई लिएर रुपन्देहीमा पनि मुद्दा परेकाले अनुसन्धानका लागि त्यहाँ लान लागिएको हो ।

लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर प्रर्दशन गर्दै आएको रास्वापाले रुपन्देहीमा प्रर्दशनको तयारी गरेको छ ।

प्रर्दशनका लागि लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे भैरहवा पुग्न सर्कुलर गरेको छ ।

यता ठगीमा लामिछानेको नाम मुछिएको सुप्रिम सहकारीका पीडितले पनि आन्दोलनको तयारी गरेका छन् ।

यसै शिलशिलामा लामिछानेलाई बिहान पोखरा विमानस्थल पुर्‍याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *