काठमाण्डू, नेपालले आईसीसी यू-१९ टी-२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जीत हात पारेको छ।
बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गर्यो।
एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो।
नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २र२ विकेट लिए। कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन्।
यसअघि पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको थियो।
कुवेतविरुद्ध ब्याटिङमा नेपालका पुजा महतोले ३४, साना प्रभिनले २५ र ज्योत्सिन्का मरासिनीले २३ रन जोडेका थिए।