रेकर्ड बनाएर घट्यो सुनको मूल्य

काठमाण्डू, आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा ६ सय रूपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ कायम हुँदै रेकर्ड बनाएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *