लायन्स क्लब अफ महाबौद्यको नयाँ समितिलाई सपथ तथा प्रमाणपत्र बितरण

काठमाण्डू, लायन्स क्लब अफ महाबौद्यको गठन भएको छ । शुक्रवार नयाँ समितिको सपथ तथा प्रमाणपत्र बितरण कार्य सम्पन्न भएको छ ।

नव गठित क्लबका अध्यक्ष सहित सबै पदाधिकारीलाई लाइन्स क्लब अफ काठमाण्डूका गर्भनर विमल होडाले ब्याच तथा प्रमाणपत्र बितरण गरेका हुन् ।

गर्भनर होडाले समितिका पदाधिकारीसहित सम्पूर्ण सदस्यलाई सपथ पनि गराएका थिए ।। लाइन्सको मर्मलाई मर्न नदिन नयाँ समितिलाई आग्रह गर्दै गर्भनर होडाले लाइन्सको गरिमा उचो राख्न शुभकामना दिए ।

दिप प्रज्वलन गरेर शुरु भएको कार्यक्रममा लायन्स क्लब अफ डाउनठाउनका अध्यक्ष रिना खड्काको अध्यक्षतामा भएको थियो ।

स्वागत मन्तब्य राख्दै अभ्यक्ष खड्काले लायनबादको नारालाई सम्झदै सामाजिक सेवामा लाग्न नयाँ समितिलाई आग्रह गर्दै उत्कृष्ट संस्था बनाउन शुभकामना दिइन् ।

लायन्स क्लव अफ महाबौद्यका अध्यक्ष दिपकलाल प्रधानले लायन्सको विधि र पद्यतिलाई कायम राख्दै सामाजिक सेवामा सर्मपित रहने प्रण गरे ।

अध्यक्ष प्रधानले सामाजिक भावनाबाट स्थापित संस्थाको उचाइमा आँच आउन नदिन आफू नेतृत्वको समिति प्रतिबद्य रहेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *