काठमाण्डू, उपत्यकामा बाढी/पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार मृतकको संख्या ३२ पुगेको हो ।
काठमाडौंमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना गरी जम्मा ३२ जनाको मृत्यु भएको एसएसपी घिमिरेले बताए ।
यस्तै, काभ्रेपलाञ्चोकमा ६, सिन्धपाल्चोकमा २, पाँचथरमा ५, धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १र१ जनाको मृत्यु भएको छ ।
बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् । अहिले काठमाडौं उपत्यकामा मात्रै साढे ४ हजार बढी सुरक्षाकर्मी परिचालन छन् ।