फेरि बढ्यो सुनको मूल्य, तोलामा १ लाख ६१ हजार नाघ्यो

काठमाण्डू, लगातार उकालो लागेको सुनको मूल्य आज पनि वृद्धि भएको छ । तोलामा ५ सय रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आजका लागि १ लाख ६१ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन् । महासङ्घले चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *