खोला किनाराको थप २० मिटर मापदण्ड लागू हुने सर्वोच्चले गरेको निर्णय र कार्यान्वयन गर्ने काठमाडौँ महानगरको तयारीको विरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाण्डू, खोला किनाराको थप २० मिटर मापदण्ड लागू हुने भनी सर्वोच्चले गरेको निर्णय र कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको तयारीको विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ ।

फैसला कार्यान्वयन गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन सुनुवाइकै क्रममा रहेको अवस्थामा आज पनि प्रदर्शन भएको हो ।

पीडितहरूले जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय खारेज गरु जस्ता नारा लगाउँदै काठमाडौँमा प्रदर्शन गरेका हुन् ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले दर्ता गराएका निवेदनमा आज न्यायाधीशहरू सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *