प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

काठमाण्डू, प्रधानमन्त्री केपी ओली र बंगलादेश अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा। मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुने सिलसिलमा अमेरिकामा रहेका उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

भेटमा आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *