ऐतिहासिक पदक विजेता एरिका गुरुङ स्वदेश फिर्ता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत

काठमाण्डू, चीनको हाङ्जाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् ।

मंगलबार च्याम्पियनसिपमा रजत पदक जितेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

चीनको हाङचाउमा भएको प्रतियोगिताको महिला ६८ केजी तौल समूहमा नेपाली कराँते खेलाडी भियतनामकी नाओन थी नुयेनसँग ६–० ले पराजित भइन् ।

तर एसियाली कराँतेको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालले पहिलो पटक पदक जितेको हो ।

एक वर्षअघि हाङचाउमै भएको १९ औं एसियाली खेलकुदको कराँतेमा पनि उनले रजत पदक जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *