काठमाण्डू, गैर आवासीय नेपालीहरुको लगानीमा काठमाण्डूमा एटिक इन होटल एण्ड रिसोर्ट ब्राण्ड भित्रिएको छ ।
मंगलवार काठमाण्डूमा पर्यटन बोर्डका उपाध्यक्ष कमल सापकोटा र होटल एसोसीएसनका अध्यक्ष विनायक शाहले संयूक्त रुपमा एटिक इन होटल एण्ड रिसोर्ट ब्राण्डको शुभारम्भ गरे ।
होटल बुक, ब्यास्थिापन र तालिम दिने डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी नेपालमा एटिक इनले यो प्रविधि भित्राएको हो ।
नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्ने उद्देश्यसहित प्रवासमा बसोबास गर्ने नेपालीहरुले आफ्नो ज्ञान, सीप, तथा लगानीलाई स्वदेशमा उपयोग गर्दै पर्यटन क्षेत्रको माध्यमबाट नेपालको अर्थतन्त्रमा योगदान दिने ट्राभियालिटी नेपाल प्रा.लिआस गरी ले जनाएको छ ।
नेपालको हस्पिटालिटी क्षेत्रमा च्यानल म्यानेजर, प्रोपटी म्यानेजमेन्ट सिस्टम, होटलहरुको व्यबस्थापनमा सहजीकरण, तालिम तथा परामर्श उपलब्ध गराउने छ ।
हाल नेपालका ३ दजन भन्दा बढी होटलहरुमा यो प्रविधि जडान भइ सकेको छ ।
ट्राभियालिटी नेपालले नेपालको पर्यटन क्षेत्रको सुधारसँगै होटलहरुो सेवा सुविधामा सुधार गरी विद्यमान ३० देखि४० प्रतिशतको हाराहारीमा रहेको अकुपेन्सी दरलाई सुधार गर्ने लक्ष्य राखेको एटिक इन होटल एण्ड रिसोटका चिफ स्ट्याटेजी अफिसर सोमनाथ सापकोटाले बताए ।
एटिक इन होटल एण्ड रिसोट एउटा यस्तो ब्राण्ड हो, जसले फ्रेन्चाइज मोडलमा सेन्टल रिर्जभेसन सिस्टम सीआरएस को माध्यमबाट मझौला साथै सबै प्रकारका होटलहरुको व्यवस्थापन, प्रवद्र्धन र बजार व्यवस्थापन र गुणस्तर अभिवृद्धी गर्ने काम गर्नेछ ।
आगामी एक बर्षमा एक हजार भन्दा बडीलाई यो प्रविधिमा जोडने लक्ष्य कम्पनीले राखेको छ । पछिल्लो दशकमा नेपालमा अन्तराष्ट्रिय स्तरका होटल ब्राण्डहरु भित्रिने क्रम बढ्दो छ ।
ब्राण्डहरु भित्रिदै जानुले नेपालमा पर्यटनको प्रचुर सम्भावना छ भन्ने कुरा पुष्टि हुन्छ ।
नेपालको पर्यटनमा प्रचुर सम्भावना हुँदाहुँदै पनि प्रचार प्रसारसँगै आवश्यक प्रविधिहरुको अभाव र अरु विद्यमान समस्याका कारण नेपालको पर्यटन उद्योगले अपेक्षित उपलब्धि हासिल गर्न सकिरहेको छैन् ।
नेपालमा ३५ लाख भन्दा बढी पर्यटकलाई सेवा दिन सक्ने क्षमता भएता पनि अहिले १० लाखको हाराहारीमा मात्रै नेपालमा पर्यटक आउने गरेको तथ्याङ्कले देखाउछ ।
शुभारम्भ पछि बोर्डका उपाध्यक्ष सापकोटाले विदेशी स्तरका चेन होटल आएमा नेपालमा आएमा विदेशीलाई पनि नेपाल प्रतिको विश्वास बढेर जाने बताए ।
उनले भने, नेपालमा पर्यटक बढी भन्दा बढी भित्राउन पूर्वाधार निर्माणमा प्राथमिकता दिंदै कर प्रणलीमा सुधार गर्न सरकार सित छलफल चलिरहेको छ ।
टिकटमा लगाएको भ्याटका कारण नेपाल आउने पर्यठक भारतबाट टिकट गरेर आउन थालेका छन् । यस्तो हुँदा सरकारलाई आउने कर पनि भारतले लने गरेको भन्दै सरकारी ध्वाजाबाहक जहाजलाई जहाज थपेर ब्यवस्थित बनाउँदै विदेशमा नेपालका बारेमा प्रचार प्रसार गर्ने काम गर्नु पर्ने बताए ।
उपाध्यक्ष सापकोटाले नेपालको पर्यटकीय सम्भावनाका बारेमा विदेशी पत्रकारलाई नेपाल ल्याउने योजना बोर्डको रहेको बताए ।
पर्यटकको संख्या बढाउने र पर्यटकीय क्षेत्रलाई सहयोग पुर्याउने जुन सुकै पक्षसित बोर्ड सहकार्य गर्न तयार रहेको भनाइ सापकोटाको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत आर्यन बाँस्तोलाले ग्लोवल रिर्जभेसन सिस्टम अनुसार सेवा दिन नेपालमा यो कँम्पनीको शुभारम्भ गरिएको बताए ।
उनले नेपालमा पनि ब्राण्डको खोजि हुन थालेकोले कम्पनीले ब्राण्ड खोज्नेका लागि सहजीकरण गर्न सहयोग पुग्ने बताए ।
होटल एसोसीएसनका अध्यक्ष विनायक शाहले नेपालमा गैर आवासीय नेपालीको लगानी आउनु खुसिको कुरा भएको बताए ।
उनले विकसित मुलुकमा प्रयोग हुँर्द आएका प्रविधि नेपालमै प्रचलनमा आउनु होटल ब्यावस्थापनमा सहज हुने बताए विश्वास लिए ।
प्रविधि मैत्री हुन सकेमा नेपालमा आउने पर्यटकको संख्यामा पनि उल्लेख्य सुधार आने उनको भनाइ थियो । नेपालमा पर्यटक बढी भन्दा बढी ल्याउन अहिले भएका पूर्वाधारमा सुधार गर्दै क्षेत्रीय बिमानस्थलाई पूर्ण क्षमतामा चलाउनु पर्नेमा अध्यक्ष शाहको जोड थियो ।
पर्यटन बिभागका महानिर्देशक नारायण रेग्मीले पर्यटन क्षेत्रको टेवा अथाह भएपनि अपेक्षित लाभ लिन नसकेको अवस्थामा उच्चतम प्रविधि र विदेही ब्राण्डमा होटलले सहयोग पुग्ने बताए ।
उनले पर्यटन क्षेत्रबाट लिन सक्ने लाभ लिन नसकेको अवस्थामा पूर्वाधार निमार्णमा ध्यान दिनु सकेमा आर्थिक लाभ लिन सकिने धारण राखे ।
यस्ता कार्यका लागि बिभागले निजी क्षेत्रसीत सहयोगी बन्ने जानकारी दिए ।
होटल ब्यावसायी महासंघका महासचिव शंकर भण्डारीले पर्यटकले तिरेको रकम अनुसारको सेवा सुविधा दिन ब्राण्डका होटल आवश्यक रहेको भन्दै चेन होटलको आवागमनले क्वालिटी र हाइजेनिक खाना उाइने दावी गरे ।
उनले नेपालमा बढी भन्दा बढी पर्यटक ल्याउन पनि विदेशी ब्राण्ड जरुरी रहेको बताए । दिेदेशी स्तरका ब्राण्डले नेपालमा टुरिजम क्षेत्रमा परिर्वटन ल्याउन सहयोगी बन्ने विश्वास लिए ।
यो समूहले अक्टुवर देखि गौशालामा अमेरिकी ब्राण्डको बेस्ट वेस्टन नामको होटल सञ्चालनको तयारी पनि गरेको छ ।
यस ब्राण्डका तीन प्रकारका सव व्राण्ड रहेका छन् ।
पहिलो ATTIC INN EXPRESS : जसले पर्यटक स्तरिय होटलहरुको व्यवस्थापन गर्नेछ भने दोश्रो ATTIC INN : जसले तारे होटल (२ तारेसम्मका) होटलहरुको व्यवस्थापन गर्नेछ ।
त्यसैगरि ATTIC INN PLUSM : उच्च स्तरका तारे होटलहरुको व्यवस्थापन गर्नेछ । ATTIC INN आँफैमा एउटा Booking Engine (atticinn.com) पनि हो ।
यसले संसारका सबै खाले OTA सँगै Channel Manager को माध्यमवाट सम्बन्ध राख्दछ ।
जसको माधयमबाट नेपालमा आउन चाहने सबै प्रकारका पर्यटक तथा ग्राहकका लागी पर्यटन सम्बन्धी सेवा र सुविधा सहज रुपमा प्राप्त गर्नका लागि सहजिकरण गर्नेछ ।
ATTIC INN HOTEL & RESORT : यही असोज १ गते, काठमाडौं स्थीत होटल रायन एण्ड इभेन्ट्स ( Best Western Plus ) मा एक बृहत कार्यक्रमको आयोजना गरि औपचारिक शुभारम्भ गरिएको छ ।
यस्ता ब्राण्डहरुको माध्यमबाट नेपालमा पर्यटनको प्रवद्र्धन मात्रै नभै बैदेशीक लगानी, रोजगारी, प्रविधी भित्रिनुका साथै गन्तव्यकै प्रचारप्रसार हुने भएकोले यो महत्वपूर्ण माध्यम बन्नेछ ।
यसैगरी ट्रभियालिटी नेपाल प्रा.लि.ले पहिलोपटक संसारमा सर्वाधिक लोकप्रिय ब्राण्ड वेस्ट वेस्टनलाई पनि नेपालमा भित्राउने अन्तिम तयारीमा जुटेको छ।
जसका लागी वेस्ट वेस्टन र ट्रभियालिटी नेपाल प्रा.लि. बिच नेपालमा वेस्ट वेस्टन होटल एण्ड रिसोर्ट व्यबस्थापन गर्ने सम्झौता सम्पन्न भइसकेको छ भने होटल रायन एण्ड इभेन्ट्स र वेस्ट वेस्टनविच पनि सम्झौता भइ वेस्ट वेस्टन प्लस काठमाडौंको नामबाट आगामी अक्टोवर २०२४ वाट औपचारिक रुपमा होटल सञ्चालमा ल्याउने अन्तिम तयारीमा जुटेको छ ।
ATTIC INN HOTEL & RESORT र Best Western जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रवेशले नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड हो, र प्रविधि तथा विश्वस्तरीय सेवाहरूको माध्यमबाट देशले अझ बढी अन्तर्राष्ट्रिय पर्यटकहरूलाई आकर्षित गर्न पुलको रुपमा काम गर्नेछ ।
आधुनिक प्रविधिको प्रयोग, डिजिटल मार्केटिङ, र सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले विश्वभरका पर्यटकहरूलाई आकर्षित गर्न मद्दत गर्नेछ, जसले नेपालको पर्यटन उद्योगको समग्र विकासका लागि योगदान पु¥याउनेछ ।
ATTIC INN HOTEL & RESORT : ले विभिन्न प्रकारका पर्यटकहरूको आवश्यकता पूरा गर्न सहुलीयत दरहरूका सहज भुक्तानीका विकल्पहरू प्रदान गर्नेछ।
जसमा नेपाली ग्रहाकहरुले नेपालको वित्तिय भुक्तानी प्रणली प्रयोग गरी सेवा सुविधा लिन सक्नेछन् ।
यसले जेष्ठ नागरिक छुट, कर्पोरेट दर, सामूहिक बुकिङ, सेना, प्रहरी र नियमिल ग्राहकहरुका लागि सहुलियत दरका योजनाहरु प्रस्ताव गर्नेछ, जसले होटलहरूलाई विभिन्न प्रकारका ग्राहकहरूलाई आकर्षित गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।
ट्रभियालिटी नेपाल द्धारा भित्र्याइएका ATTIC INN HOTEL & RESORT र Best Western जस्ता अन्तराष्ट्रिय व्राण्डहरुको आगमनले नेपालको पर्यटन क्षेत्रमा आमुल परिर्वतन ल्याउदै नेपालको आर्थिक विकासका साथै सेवा, प्रविधि र व्यवस्थापनमा अन्तराष्ट्रिय परिचय दिदै नेपालको पर्यटन प्रर्वदन, रोजगारीको सृजना सँगै वैदेशीक लगानीलाई आकर्सित गर्ने छ भने Best Western जस्ता विश्व प्रसिद्ध व्राण्डको विश्वव्यापि पहिचानले नेपाललाई प्रमुख पयटकिय गन्तव्यको रुपमा स्थान दिलाउदै दिर्घकालीन पर्यटन तथा आर्थिक विकासमा योगदान पु¥याउने छ ।