पोखरा, रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।
लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका थिए ।
लामिछाने पार्टीको प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए । विरौटमा उनीहरुले नारावाजी सहित प्रदर्शन गरिरहेका छन्
कार्यक्रम सुरु हुनुअघि सहकारी पीडितहरुले प्रदर्शन र नाराबाजी गरेका थिए । पीडितहरुले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् ।
लामिछाने गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा मुछिएका छन् । उनीमाथि छानविन भइरहेको छ ।