काठमाण्डू, नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा १ हजार २ सयले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजारमा कारोबार भएको छापावाल सुन आइतबारका लागि भने १ लाख ५२ हजार १ सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला १ हजार ७ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७ सय ५० निर्धारण भएको छ ।