सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

बालेनप्रति कांग्रेसद्धारा खेद व्यक्त, एकलौटी सूचना जारी गरेर महानगरवासीलाई आतंकित बनाएको आरोप

काठमाण्डू, नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले एकलौटी सूचना जारी गरेर महानगरवासीलाई आतंकित बनाएको आरोप लगाएको छ ।

कांग्रेसको काठमाडौं महानगर समितिका सभापति निलकाजी शाक्य र नेतृ सिर्जना सिंहले विज्ञप्ति जारी गर्दै मेयर बालेनले कार्यपालिका बैठक वा कार्यपालिका सदस्यहरुसँग छलफल नै नगरी एकल निर्णयबाट सूचना प्रकाशित गराएको भन्दै खेद प्रकट गरेका हुन् ।

काठमाडौं महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरुले नागरिकको हित र आवश्यकतालाई प्राथमिकता नदिएको उनीहरुे कांग्रेस महानगर समितिले ठहर गरेको छ ।

महानगरवासीको हकतिको संरक्षणका लागि यसको समस्या समाधानका लागि राज्यका तीनै अंगमा ज्ञापनसहित अनुरोध गर्ने पनि समितिले निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

सर्वोच्च अदालतले नदीनालाको २० मिटर भाग छोड्नुपर्ने आदेश गरेपछि मेयर बालेनले सूचना जारी गराएका थिए । त्यस विषयमा छलफल गर्न सरकारले कार्यदल पनि गठन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *