पहिरो हटाएपछि पृथ्वी राजमार्गमा दुइ तर्फी यातायात सञ्चालन

चितवन, पहिरो हटाएपछि पृथ्वीराजमार्गमा सवारी साधन सञ्चालनमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो।

सडक विभागको समन्वयमा पहिरो हटाएपछि शनिबार बिहान पौने ९ बजेदेखि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *