समाजसेवी राणाद्वारा पलेशालाई चार लाख नगद पुरस्कार प्रदान

काठमाण्डू, समाजसेवी राजी राणाले ऐतिहासिक ओलम्पिक पदक विजेता पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई चार लाख रुपियाँ नगद पुरस्कार प्रदान गरेकी छन् ।

उनले शुक्रबार पलेशालाई सो नगद प्रदान गरेकी हुन् । राणा खेलकुदमा रुचि राख्ने र खेलाडीहरुलाई माया गर्ने समाजसेवी हुन् ।

यसैगरी उनले प्रशिक्षक कवि राज नेगी लामालाई एक लाख रुपियाँ नगद पुरस्कार प्रदान गरिन् ।

राणाले सिमराको रंगशाला परिसरमा भवन, मुसर वस्ती, विभिन्न स्थानमा वृद्धाश्रम बनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

उनी पशुपन्छी प्रेमी हुन् । उनले विभिन्न स्थानमा मन्दिर तथा विद्यालयहरुमा निरन्तर रुपले सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *