काठमाडौँको नक्सालस्थित टेस्ला शोरूममा लागेको आगो निभाइयो

काठमाण्डू, काठमाडौँको नक्सालस्थित टेस्ला शोरूममा भएको आगलागी निभाइएको छ । शोरुममा शुक्रबार लागेको अगालागी दमकलको सहायतामा निभाएको मालिगाउँ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विद्युत् सर्ट भई आगलागी भएको हो।

शुक्रबार मध्याह्न १२ः१० मा आगलागी भएको र दमकल र सुरक्षा अधिकारीको सहयोगमा १२ः३० मा नियन्त्रणमा आएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

उनका अनुसार क्षतिको विवरण आउन बाँकी छ। नेपालमा टेस्लाका सवारीसाधनको बिक्री वितरण अरेत इन्टरनेसनलले गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *