नेप्से परिसूचक ५३ दशमलव ६३ अंकले घटेर २६९५ दशमलव ९३ को विन्दूमा

काठमाण्डू, साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ५३ दशमलव ६३ अंकले घटेर २६९५ दशमलव ९३ को विन्दूमा पुगेको छ ।

आइतबार ३३७ कम्पनीका १ लाख ३० हजार ६ सय ३२ पटकको कारोबारमा २ करोड ६२ लाख ४६ हजार ४ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

३१ कम्पनीको सेयर मूल्य बढ्दा २०९ कम्पनीको घटेको छ भने ४ वटा स्थिर रहेको छ ।

म्युचुअल फन्ड ० दशमलव १७ अंकले बढ्दा बाँकी १२ वटा उपसमूह राताम्मे छन् ।

कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १७७ रुपैयाँका दरले कमाउँदा सबैभन्दा धेरै कारोबार गुडविल फाइनान्सको भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *