एजेन्सी, युक्रेनको पूर्वी शहर खार्किभमा रुसी आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।
उक्त आक्रमणमा अन्य ५९ जना घाइते भएको खार्किभका क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिए ।
रुसले बेल्गोरोड क्षेत्रबाट निर्देशित बमसहितको आक्रमण सुरु गरेको थियो । १२ तले अपार्टमेण्ट भवनसहित पाँच स्थानमा आक्रमण गरेको थियो ।
पीडितमध्ये एक १४ वर्षीया बालिका पनि रहेको उनले बताएका छन् । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ ।